March 3rd, 2016

डेपुटी गभर्नरको सपथ

DSCN9977नवनियुक्त डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले सपथ ग्रहण गरेका छन् । विहिबार दिउँसो ३ बजे गभर्नर डा. चिरञ्जिवी नेपालले उनीलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि विहिबारदेखि नै उनीहरुले कार्यभार सम्हाल्ने राष्ट्र बैँकले जनाएको छ । 
सपथ ग्रहण कार्यक्रममा सहभागीहरुले नवनियुक्त डेपुटी गभर्नरद्धयलाई बधाइ तथा शुभकामना पनि दिएका थिए ।  

पुष १० गतेदेखि रिक्त डेपुटी गभर्नर पदमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर डा. चिरञ्जिवी नेपालको सहमतिअनुसार बुधबार शिवाकोटी र श्रेष्ठ नियुक्त भएका थिए । उनीहरुले कार्यभार सम्हालेसँगै डेपुटी गभर्नरको अनुपस्थितीमा अड्किएका सबै काम कारबाहीहरु सुचारु हुँदैछन् ।