March 3rd, 2016

सहमतिबाटै डेपुटी गर्भनर, रोकिएका कामहरु सुचारुतिर उन्मुख   

deputy with governersराष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच सहमतिकै आधारमा नेपाल राष्ट्र बैंंकको डेपुटी गर्भनर नियुक्त भएपछि अर्थमन्त्री र गभर्नरबीच फाटो ल्याउन खोज्नेहरु चकित परेका छन् । मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक चिन्तामणी शिवाकोटी र जनशक्ति विभागका कार्यकारी निर्देशक शिवराज श्रेष्ठलाई सरकारले डेपुटी गभर्नर पदमा नियुक्ति गरेको थियो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल र अर्थमन्त्री विष्णु पौडेलको सहमति अनुसार बुधबारको मन्त्रीपरीषद् वैठकले श्रेष्ठ र शिवाकोटीलाई नियुक्त गरेको बताइएको छ । गभर्नर नेपालको सिफारीसलाई निर्णय गर्न सरकारले केही लामो समय लगाएपछि अर्थमन्त्री र गभर्नरबीचको राजनीतिक भागबन्डा नमिलेको भन्ने समाचारहरु प्रकाशमा आएका थिए । तथापी मन्त्रीपरिषदको बैठकले त्यस्तो देखाएन ।  

राष्ट्र बैंकको डेपुटी गभर्नर गत पुस १० गतेबाट रिक्त थियो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका व्यक्तिलाई नियूक्ति गर्ने भन्ने विषयले केहि समय चर्चा लिएको थियो । पाँच बर्षे कार्यकाल सकेर गोपाल काफ्ले र महाप्रसाद अधिकारी अवकास भएपछि डेपुटी गभर्नर रिक्त भएको थियो र उक्त पदमा गभर्नर डा. नेपालले केही समयअघि चार जनाको नाम सिफारिस गरेका थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस भएको हो । डेपुटी गभर्नर नियुक्त भएपछि रोकिएका काम कार्बाहीहरु तत्कालै सुचारु हुनेछन् । डेपुटी गभर्नरको विषयलाई लिएर गभर्नर नेपाल र अर्थमन्त्री पौडेलबीच सहमतिबाटै अन्तिम निर्णय भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]