नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः प्रवीणरमण पराजुली निर्वाचित भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले पराजुलीको अध्यक्षतामा आगामी दुई वर्षको कार्यकालका लागि साधारण सभाभन्दा अघि कायम कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई सोही जिम्मेवारी अनुरुप नै पुनः एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । पराजुली नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यसैगरी संघको उपाध्यक्षमा नागरिक लगानी कोषका उप–व्यवस्थापक रोशनजङ्ग कार्की, महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापा, कोषाध्यक्षमा एनसिएम मर्चेन्ट बैंकिंगका प्रबन्धक निर्देशक विजय लाल श्रेष्ठ निर्वाचित भएका छन् । संघको सदस्यहरुमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा निर्वा्िचत भएका छन् ।



