Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

कसले किन्ला ट्विटर ? खरिद गर्नेको घुईँचो

admin २०७३ आश्विन ९ गते
सेयर:

twitterअमेरिकी माइक्रो ब्लगिङ साइट ट्विटर विक्री हुने खबर बाहिरिएसँगै यसलाई खरिद गर्न थुप्रै कम्पनीहरुले चासो देखाएका छन् । यसको खरीददाताको सूचीमा  गूगल र सेल्सफोर्स अग्रपङ्क्तिमा रहेको अमेरिकी व्यावसायिक च्यानल सीएनबीसीले बताएको छ ।

यस विषयमा कुरा गर्न खोज्दा ट्विटर, गूगल र सेल्सफोर्स तीनओटै कम्पनीका प्रतिनिधि नभेटिएको बताइएको छ । यस समाचारसँगै ट्विटरको शेयर मूल्य २० प्रतिशतले बढेको थियो । यद्यपि सेल्सफोर्सको शेयर ३ प्रतिशतले घटेको थियो । ट्विटरको निराशाजनक प्रयोगकर्ताका कारण यसको विक्रीको खबर केही दिनयतादेखि आइरहेको थियो ।

केही दिनअघि आएको एक त्रैमासिक प्रतिवेदनअनुसार ट्विटरले सन् २०१३ मा पब्लिक भएपछिको सबैभन्दा कम आम्दानी कमाएको थियो । एजेन्सी

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।