विश्वप्रसिद्ध इमेल प्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ । याहूले आफ्नो एक विज्ञप्तीमा चोरिएका विवरणमा नाम, ईमेल एड्रेस, टेलिफोन नम्बर, जन्ममिति र इन्क्रिप्टेड पासवर्ड पनि रहेको बताएको छ ।
यसअघि सन् २०१४ मा पनि याहुमा आक्रमण प्रयास भएपछि सुरक्षा खतरा बढेको थियो । अहिले पनि याहू इन्टरनेट सर्वाधिक प्रयोग हुने साइटमध्येमा पर्छ । जहाँ एक महिनामा करिब एक अरब यूजर्स आउँछन् । याहु मेल विश्वकै सबैभन्दा पुरानो ईमेल सेवा हो । जहाँ यूजरले केवल फोटो एलबम या मेडिकल सूचनामात्रै होइन, बैंक खाताको पनि जानकारी आदानप्रदान गरिरहेका हुन्छन् । याहूबाट चोरिएका डाटा एकदमै महत्पूर्ण रहेका छन् किनकि चोरिएका डाटाको सिधा सम्बन्ध युजरको बैंक खाता, सामाजिक सञ्जालको प्रोफाइल, वित्तीय सेवा र उनका साथी तथा परिजनसँग पनि जोडिएको हुन्छ ।
कम्पनीले यो काम सरकारकै संलग्नतामै भएको निचोड निकालेको छ । तर पनि कम्पनीले यसबारेमा कुनै पनि देशको सरकारलाई मुछेको छैन । याहुले दुई वर्षअघि भएको यो घटनाको विवरण किन अहिले सार्वजनिक गरियो भन्ने पनि केही खुलाएको छैन ।
विशेषज्ञले याहूका युजरलाई आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न सल्लाह दिएका छन् । होल्डन सुरक्षा एजेन्सीका प्रमुख एलेक्स होल्डनले वेबबाट याहूको गोप्य विवरण चोरिँदा युजरको गोपनियतामा गम्भीर असर पर्ने बताएका छन् । याहूले भने उसले यस मामिलालाई लिएर कानुन एवम् व्यवस्था बनाइराख्नका लागि एजेन्सीसँग मिलेर काम गरिरहेको जनाएको छ ।