September 18th, 2016

कसमस डेभलपमेन्ट बैंकका सीईओको कार्यकाल थपियो

hridayaraj-ghimireकसमस डेभलपमेन्ट बैंकका सीईओ हृदय राज घिमिरेको कार्यकाल थप गरिएको छ । बैंकको सञ्चालिक समितिको बैठकले उनको कार्यकाल चार वर्षका लागि थप गरेको हो । उक्तm निर्णय आइतबारदेखि लागू भएको छ । 

गत आर्थिक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढी नाफा गरेको कसमसले पाँच लाख तीन हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर चुक्तापुँजी १० करोड छ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । कसमस डेभलपमेन्ट बैंक एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, ०७४ असार मसान्तसम्ममा बैंकले ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि बैंकलाई ३९ करोड तीन लाख ७५ हजार रुपैयाँ पुँजी आवश्यक छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]