February 28th, 2016

समिक्षामा मौद्रिक नीति : मुद्रास्फीति ९.५ पुग्ने अनुमान

nepal rastra bankनेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को ६ महिनामा ९.४ प्रतिशत कायम रहेको मुद्रास्फीति दर ९.५ प्रतिशत कायम रहने अनुमान गरेको छ । एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७२/२०७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवि नेपालले केही समयभित्रै चुक्ता पुँजी बढाउने जानकारी समेत दिए । सरकार ८८ अर्बको आन्तरिक ऋण उठाउन लागिपरेको भन्दै गभर्नर नेपालले हाल बजारमा ४० अर्ब रुपैयाँ मात्र अधिक तरलता रहेको जानकरी गराए । उनले, ‘अब भुकम्प र नाकाबन्दीजस्ता विषम परिस्थितीबाट पार पाईएकोले विकास निर्माणको काम सुरु हुने र सरकारले यथासक्य ऋण उठाउने उठाउँछ ।’ नाकाबन्दीसँगै नेपाली बजारमा भारतीय मुद्राको अभाव भएकोबारे उनले भने “हाल भारतिय मुद्राको अभाव हुनु कृतिम अभाव मात्रै हो । नाकाबन्दी खुलिसकेका कारण भारु पनि सहज हुन्छ ।” जारी गरिएको मौद्रिक नीतिमा ६ वटा लक्ष्यलाई संशोधन गरिएको छ ।

 

मूल्य बृद्धिदेखि कर्जा विस्तारको दरको लक्ष्यलाई राष्ट्र बैंकले फेरवदल गरेको हो । मौद्रिक नीतिमा गभर्नरले बर्षको अन्तिम सम्ममा मूल्य बृद्धिदर साढे नौं प्रतिशत कायम गर्ने संशोधित लक्ष्य अघि सारेका छन् । तराई आन्दोलन र नाकाबन्दीका कारण आर्थि बृद्धिदर २ प्रतिशत मात्र हासिल हुने प्रक्षेपण गरिएको छ । त्यस्तै शोधनान्तर बचतको लक्ष्य बढाईएको छ ।  विस्तृत मुद्रा प्रदायको बृद्धिदर १८ प्रतिशत रहने अनुमानलाई बढाउँदै २१.५ प्रतिशत पु¥याईएको छ । यसअघि कर्जा बृद्धि हुने प्रक्षेपण गरिएको थियो ।  त्यस्तै आन्तरिक कर्जा २०.७ प्रतिशतमा झारेको छ । यसअघि आन्तरिक कर्जा २३.४ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । यसैबिच भुकम्पपछिको पूर्ननिर्माणका लागि काठमाडौँ उपत्यकामा २५ लाख रुपैयाँ र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्मको आवासिय घर कर्जामा बैंकले शुन्य ब्याजदरमा बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्नकर्जा उपलब्ध गराउन जानकारी गरेको व्यवस्थालाई थप विस्तार गरी लघुवित्त संस्थाहरुबाट समेत सामुहिक जामानीमा बैंक तथा वित्तिय संस्थाले अधिकतम २ प्रतिशतसम्म मात्रै व्याज लिन सक्ने व्यवस्था कायम गरी प्रतिग्राहक ३ लाख रुपैयाँसम्मको कर्जा प्रवाह भएमा सो कर्जामा पनि शुन्य ब्याजदरमै केन्द्रिय बैंकले पूर्नकर्जा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएको छ ।

 

कार्यक्रममा बैँकर्सहरुको सहभागिता रहेको थियो ।