January 20th, 2022

नेपाल टेलिकम र साइबर नेटिक्सबीच सम्झौता

बैंकिङ खबर/ एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ।

कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता भएको टेलिकमले जनाएको छ ।

सम्झौतामा कम्पनीका प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र साइबर नेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]