January 11th, 2022

कोभिड -१९ का कारण क्यान इन्फोटेक मेला स्थगित

बैंकिङ खबर/ नेपालमा कारोनाको संक्रमणदर बढ्न थालेसँगै क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ । माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि सम्पुर्ण तयारी गरिएकोमा कोभिडका कारण मेला स्थगित गरिएको आयोजकले जनाएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनि तथा संस्थाहरुको सहभागिता रहने गरी संपुर्ण तयारी पुरा भएको थियो ।

क्यान इन्फोटेक २०२२ को तयारीको क्रममा सहयोग पुरयाउनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै क्यान इन्फोटेक २०२२ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसँग क्यान महासंघ क्षमा मागेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]