तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ । मेलाका संयोजक शम्भु प्रसाद दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो ।
तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ । मेलाका संयोजक शम्भु प्रसाद दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो । ‘मेलामा २ सय करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान हाम्रो थियो । नाडाले गरेको पत्रकार सम्मेलनमा संयोजक दाहालले भने, ‘तर शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।’ उनका अनुसार ५० हजार अवलोकनकर्ताको अनुमान गरिएकोमा ६० हजारले मेला अवलोकन गरेका छन् । यो वर्षको नाडा मेलो भव्यतापूर्ण र सफल भएको उनले बताए । यसवर्ष बैंकहरुले केही सस्तो व्याजदरमा ऋण उपलब्ध गराएकाले पनि कारोबार बढेको आयोजकले बताएको छ ।
६० हजार दर्शकले अवलोकन गरेका शोमा अवलोकनर्ताले ८ सय गाडी बुकिङ गरेका छन् भने १५ सय वटा दुई पांग्रे सवारी पनि किनबेच भएको दाहालले जानकारी दिए । शोमा डाटसन कम्पनीका ३२५ भन्दा बढी गाडी बुकिङ भएको कम्पनी सिनियर म्यानेजर ज्ञानेन्द्र चनले जानकारी दिए । उनका अनुसार महिन्द्रा र हुण्डाईले मेलामा २०० भन्दा बढी गाडी बुकिङ भएको दावी गरेका छन् भने टाटाले पनि मेला अवधिभर स्टलबाट १५० गाडी बुकिङ भएको छ ।
मेलामा टोयाटाको ५० र निसानको २० वटा गाडी बुक भएको बताइएको छ । मेलामा इन्ट्री लेभलका गाडी बुकिङ गर्ने ग्राहकको संख्या बाक्लो थियो । ६ दिने अटो मेलामा टाटा, मारुती–सुजुकी, हुण्डाई, डाट्सन, फियाट, फोर्ड, होण्डा, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टाटा टोयोटा, भक्सवागन, स्याङयोेंगलगायत कम्पनीका गाडी राखिएको थियो ।
त्यस्तै मेलामा बजाज, बेला, बेनली, हिरो, होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फील्ड, रनर, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामाहा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए । मेलामै गाडी बुकिङ गर्ने ग्राहकलाई बैंकिङ सेवा दिन बैैंकहरुले पनि स्टल राखेका थिए । त्यस्तै मेलामा टायर, लुब्रिकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो । पत्रकार सम्मेलनमा दाहालले बैंकिङ सपोर्टका कारण पनि मेलामा केही सहयोग पुगेको उल्लेख गरे । नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ १४ गतेदेखि मेला सुरु भएको थियो ।