२०७३ भाद्र १८ गते

नौ अर्ब ६५ करोडको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले पुनः ९ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन सो ट्रेजरी बिल आगामी सोमबार जारी गर्न लागेको हो । राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजे ९१ दिने अवधिको ४ अर्ब १३ करोड रुपैयाँको र १८२ दिने अवधिको ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल अनलाइन बिडिङ सिस्टमबाट विक्रि गर्नेछ । ९१ दिने ट्रेजरी बिल आगामी मंसिर २१ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी बिल आगामी फल्गुन २४ गते परिपक्व हुनेछ । अनलाइन बोलकबोल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।