Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एकमहिनामा डिजिटल कारोबार : आइपीएस ३ खर्बको, मोबाइल बैंकिङ ८७ अर्बको

२०७८ कार्तिक ३० गते

बैंकिङ खबर । पछिल्लो समय डिजिटल कारोबारमा उल्लेखनिय बृद्धि भएको छ । राष्ट्र बैंकले सार्बजनिक गरेको असोज महिनाको आर्थिक रिपोर्ट अनुसार आइपीएसबाट हुने कारोबार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो डिजिटल माध्यमको सबैभन्दा ठुलो कारोबार हो । त्यसैगरी मोवाइल बैंकिङ कारोबार दोस्रोमा छ । मोबाइल बैंकिङबाट हुने कारोबार ८७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो महिनामा ७४ अर्ब ७३ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।
क्यूआर कोड स्क्यान गरी हुने भुक्तानीको रकम ६ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । मोवाइल वालेटबाट हुने भुक्तानी १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भदौ महिनामा १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो ।