Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२०७७ माघ २८ गते

बैंकिङ खबर । सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई सीईओमा नियुक्ति गरेको हो। प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका सुमन शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका हुन् । सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि हुन् । नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको रुपमा सनराइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।