Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

बेलायतका ९० प्रतिशतले चलाउँछन् इन्टरनेट

admin २०७३ श्रावण २५ गते
सेयर:

internetसन् २०१६ मा बेलायतका ४ करोड २० लाख वयष्कसँग इण्टरनेट पहुँच रहेको अफिस फर नेशनल स्ट्याटिष्टिक्स (ओएनएस)ले बताएको छ । यससँगै हाल बेलायतका ९० प्रतिशत घरपरिवारले इण्टरनेट पहुँच हासिल गरिसकेको ओएनएसको तथ्याङ्क छ । यो वर्षको इण्टरनेट पहुँच गत वर्षको ८७ प्रतिशत र सन् २००६ को ५७ प्रतिशतको तुलनामा धेरै बढी हो । करीब १० वर्ष अघिसम्म एक तिहाइ बेलायतीसँग मात्र इण्टरनेट पहुँच रहेको थियो ।

यो वर्षको इण्टरनेट प्रयोगको सङ्ख्या गत वर्षको तुलनामा झण्डै ४ प्रतिशत बढी हो । एक नयाँ तथ्याङ्कले के देखाएको छ भने २१ प्रतिशत वयष्कहरूले इण्टरनेट प्रयोगका लागि स्मार्ट टेलिभिजनको प्रयोग गर्ने गरेका छन् । यो वर्ष ७७ प्रतिशत वयष्कहरूले अनलाइनबाट वस्तु र सेवा खरीद गरेको तथ्याङ्क छ । यो सन् २००८ को ५३ प्रतिशतको तुलनामा बढी हो भने गत वर्षको तुलनामा यो १ प्रतिशतले मात्रै धेरै हो । एजेन्सी

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।