Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

३ हजार ६ सय वेभसाइट एकाएक किन गरिए बन्द ?

admin २०७३ श्रावण २४ गते
सेयर:

blockसन् २०१६ को पहिलो अर्धवार्षिक अवधिमा ३ हजार ६ सय १२ वटा चिनियाँ वेबसाइट बन्द भएका छन् । समाजमा गलत आचरण फैलाएको भन्दै चीन सरकारले ती वेबसाइहरुलाई बन्द गराएको हो । तीमध्ये ८ सय ११ ओटा वेबसाइटले अश्लील गतिविधि फैलाउने काम गरेको बताइएको छ । जनवरी–जुन अवधिमा यौन उत्तेजना गराउने खालका करीब ५ लाख २९ हजार र अहितकर सूचना फैलाउने ८ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको चीनको अश्लील तथा गैरकानूनी प्रकाशनविरुद्ध काम गर्ने राष्ट्रिय कार्यालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरूले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुला रूपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले बताएको छ । ‘विच्याट’लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लील सन्दर्भहरू राखी पठाउने गरेका करीब ३० ओटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबालक रहेको विज्ञप्तिमा बताइएको छ । एजेन्सी

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।