आगामी सोमबार नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी कात्तिक ९ गते परिपक्व हुनेछ । उक्त ट्रेजरी सोमबार दिउसो ३ बजे अनलाइन बोलकबोलबाट विक्रि गरिने जनाइएको छ । यसका लागि राष्ट्र बैंकको वेभसाइट https://obss.nrb.org.np/pd मा गएर बोलकबोल फारम भर्नुपर्ने हुन्छ ।
