Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सबै सहकारी ठग हुँदैनन्, रुपन्देहीका सहकारीले यसरी जित्दैछन् सर्वसाधारणको विश्वास 

२०७३ असार १५ गते

depositविभिन्न जिल्लामा सहकारीहरुले सर्वसाधारणलाई ठगेको, खारेजीमा परेको लगायतका समाचारहरु आइरहँदा रुपन्देहीमा भने सहकारी संस्थाहरुप्रति आकर्षण बढिरहेको छ । जसकारण निक्षेप संकलन र लगानीको दायरासमेत बढ्दै गएको पाइएको छ । जिल्लामा कुल ७ सय ४२ सहकारी संस्थाहरु छन् । जसमध्ये, बचत तथा ऋण सहकारी ३ सय ६१, कृषि तथा सानाकिसान सहकारी १ सय ९२, बहुउद्देश्यीय सहकारी १ सय ९,  दुग्ध सहकारी ५३, सामाजिक उद्यमी ३, स्वास्थ्य २ र अन्य छन् । 

कुल सहकारीमध्ये, ५२ वटा सहकारी संस्थाको ५ करोडदेखि ५० करोड रुपैयाँसम्म कारोबार भएको पाइएको छ । सामूहिक विकास बचत तथा ऋण सहकारी शंकरनगर, लुम्बिनी बचत तथा ऋण सहकारी बुटवल, जनउत्थान बचत तथा ऋण सहकारी संस्था कोटीहवा र बुटवल बहुउद्देश्यी सहकारीको कारोबार ५० करोड रुपैयाँमाथि छ । 

वासलात(ब्यालेन्ससिट)को आधारमा पनि सामुहिक विकास बचत तथा ऋण सहकारी अग्रस्थानमा छ जसको वासलात १ अर्ब ४० करोड रुपैयाँको छ । लुम्बिनीको १ अर्ब रुपैयाँको वासलात छ भने जनउत्थानको ६० करोड र बुटवल बहुउद्देश्यीयको ५० करोडको छ । जिल्लामा रहेका १९ साना किसान सहकारीको वासलातमा १ अर्ब ७० करोडको कारोबार देखिएको छ ।