Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एनबीआईको सीईओमा कुमार लम्साल नियुक्त

२०७६ मंसिर ३० गते


बैंकिङ खबर । बैंकिङ क्षेत्रको प्रख्यात नाम कुमार लम्साल नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूटको प्रमूख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।एनबीआई बैंकिङ क्षेत्रमा तालिम तथा दक्ष जनशक्ति उत्पादनको लागि खोलिएको संस्था हो । इन्टिच्यूटको सञ्चालक समितिले आजै उनलाई नियुक्त गरेको हो । पछिल्लो समय कार्यरत सन्जिव शुब्बाले एनबीआई छाडेपछि सीईओको पद रीक्त थियो ।

लम्साल सँग सानीमा बैंक, प्रभु बैंक र जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव रहेको छ ।