July 19th, 2019

निर्जीवन बीमा कम्पनीहरुले गरे २५ अर्ब भन्दा बढी बीमा शुल्क संकलन

बैंकिङ खबर । एक बर्षकै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले तयार पारेको गत आर्थिक बर्ष २०७५/०७६ को निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क सम्बन्धी प्रारम्भिक तथ्यांक अनुसार १ बर्षमा बर्षमै निर्जीवन कम्पनीहरुले १५ प्रतिशतले प्रिमियमको बढाएका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

कुन निर्जीवन बीमा कम्पनीको कति बीमा शुल्क ?
हाल बीमा बजारमा अहिले २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । गत आर्थिक वषर्मा ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिे शिखर इन्स्योरेन्स सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनी हुन सफल भएको छ ।

यस्तै गत आर्थिक बर्षमा सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरि दोस्रो स्थान ओगटेको छ भने नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरि तेस्रो स्थानमा रहेको छ ।

यसैगरि गत आर्थिक बर्ष २०७५/०७६ मा सिदार्थ इन्स्योरेन्स कम्पनीलले १ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ तथा लुम्बिनीले १ अर्ब २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साथै एनएलजीले १ अर्ब ६६ करोड रुपैयाँ, प्रिमियरले १ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन जनरलले १ अर्ब ४५ करोड रुपैयाँ र प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले १ अर्ब २४ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपालको बीमा बजारको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने नेपाल इन्स्योरेन्स १ अर्ब १७ करोड, प्रभु इन्सोरेन्सले १ अर्ब १ करोड, अजोड इन्सोरेसले ४१ करोड ४५ लाख, सानिमा जनरल इन्सोरेन्सले १५ करोड ५८ लाख, जनरल इन्स्योरेन्स ३२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यसैगरि भारतीय लगानीको शाखाको रुपमा खुलेको नेशनल इन्सोरेसले ९४ करोड १६ लाख रुपैयाँ, एभरेष्ट इन्सोरेन्सले ८१ करोड १८ लाख रुपैयाँ र युनाइटेड इन्सोरेन्सले ४८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]