Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विश्व बैंक, नेपाललाई १ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै

२०७६ असार २७ गते

बैंकिङ खबर । विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बैंकले नेपालको वित्तीय संघीयता कार्यान्वयन थप सुदृढ १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।

शुक्रबार एक कार्यक्रमबीच विश्व बैंक समूहले नेपाललाई १ सय मिलियन अमेरिकी डलर अर्थात करिब ११ अर्ब रुपैयाँ बराबरको सहलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका देशिय व्यवस्थापक फारिस एच हाडाड–जेर्भोसले हस्ताक्ष गरेका हुन् ।
ऋण सहयोग स्वीकार गर्दै राजस्ज सचिव घिमिरेले समन्वयन र क्षमता नेपालको तीन खम्बे अर्थनीतिको एउटा जग भएको बताउँदै उनले सहयोगको जवाफदेशी बन्न सरकार आफ्नो उत्तरदायित्वअनुसार विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।