Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त

२०७६ जेष्ठ २८ गते

बैंकिङ खबर । सहयोगी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खड्कालाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ विनय रिजालले राजीनामा दिएपछि रिक्त पदमा बैंकले खड्कालाई नियुक्त गरेको हो । उनको कार्यकाल जेठ २६ गतेदेखि सुरु भएको छ ।

बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी, अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ एवम् सूर्य डेभलपमेन्ट बैंकका पूर्व सीईओ हुन् ।