Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा समिर शेखर बज्राचार्य नियुक्त

२०७६ जेष्ठ १० गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लि. को नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका बज्राचार्य मुक्तिनाथमा नियुक्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा उनको करीब १८ वर्षको अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।