Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एटिएममा नेपाली भाषाको प्रयोग अनिवार्य

२०७६ जेष्ठ ६ गते

बैंकिङ खबर । अब एटिएममा अनिवार्य नेपाली भाषाको प्रयोग गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नेपाली भाषाको प्रयोग अनिवार्य गराउन निर्देशन दिएको छ । एटिएममा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको गुनासाहरु केन्द्रीय बैंकमा पुगेपछि त्यसको समाधानका लागि नेपाली भाषा अनिवार्य गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

३० दिनभित्र नेपाली भाषा नभए नेपाली भाषा अनिवार्य गर्ने ब्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । ३० दिनभित्र नेपाली भाषा प्रयोगमा ल्याएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई जानकारी गराउनसमेत भनिएको छ । यदि कसैले नेपाली भाषा प्रयोग नगरे कारवाही गर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अहिले देशभर ३ हजार ४९ वटा एटिएम काउन्टर छन्। त्यस्तै, डेबिट कार्ड बोक्ने ५९ लाख ६२ हजार आठ सय ३८, क्रेडिट कार्ड बोक्ने एक लाख पाँच सय २७ र प्रिपेड कार्ड बोक्ने ६४ हजार चार सय ८४ छन् ।