Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५ अर्ब ८० करोडको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

२०७३ जेष्ठ २६ गते

nrbनेपाल राष्ट्र बैंकले ५ अर्ब ८० करोड रुपैँया बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले पछिल्लो समय बढीरहेको अधिक तरलता प्रशोचनका लागि आगामी मंगलबार ट्रेजरी बिल विक्रि गर्न लागेको हो । ९१ दिने अवधिको २ सय ५० करोड करोड रुपैँया र ३ सय ६४ दिने अवधिको ३ सय ३० करोड रुपैँयाको ट्रेजरी विक्रि गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका हनुसार, ९१ दिने अवधिको ट्रेजरी भदौ २८ गते परिपक्व हुनेछ भने ३ सय ६४ दिने ट्रेजरी ०७४ जेठ ३० गते परिपक्व हुनेछ ।