Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कामना सेवा विकास बैंकको सिइओमा प्रविण बस्नेत 

२०७५ फाल्गुन १ गते

बैंकिङ खबर। कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी आधिकृतमा प्रविण बस्नेतलाई नियुक्त गरेको । गत मंसिर ८ गते देखि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालीरहेका चार्टर्ड एकउन्टेन्ट बस्नेतलाई बैंकको सञ्चालक समितिको बैंठकले  फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बैंकिङ क्षेत्रमा १८ वर्षको कार्यानुभव भएका बस्नेतले १३ वर्ष विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सहित काम गरेका थिए । उनले २०७५ भदौ १ गते देखि कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरिरहेका थिए । बस्नेत सँग कामना सेवा विकास बैंकमा आउनु अघि नविल बैंक, एनबी बैंक, एन आइ सी एशिया बैंक र माछापुच्छ्रे बैंकमा समेत काम गरेको अनुभव रहेको छ ।  ्र बस्नेत बैंकिंग क्षेत्रमा कन्ट्रोल्ड एग्रेशनसहितको नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नँया उचाईमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्छन् ।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभरका ६४ वटा शाखा र १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।