December 4th, 2018

आफुलाई मन परेको ग्याजेट्स किस्ताबन्दीमा किन्न पाइने

बैंकिङ खबर । सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि मोबाइल तथा ल्यापटप मेला सुरु गर्ने भएको छ । ग्याजेट पारखीहरुललले किस्ताबन्दीमा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् ।

उक्त मेलामा मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को मोबाइल  सित्तैमा अफर मेलाको आकर्षण रहेको सटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले बताए । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइलका साथै ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिनेछ । 

मेलामा ग्राहकहरुले बिग्रीएको मोबाइलहरुको समेत उचित मुल्य पाउने भएका छन् । साथै, विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किङंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार वितरण गर्नेछ । 

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ । 

मेलामा सामसङ, ब्ल्याकबेरी,ओप्पो,भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई,सोनी,एप्पल, कुलप्याड,लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप,म्याकबुक आईप्यड मोबाइलहरु पाइनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]