October 26th, 2018

ट्वीटरको नाफामा उल्लेख्य प्रगति, प्रयोगकर्ता किन घटे ?

बैंकिङ खबर । सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको छ । ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा गरेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । 

ट्वीटरले गरेको नाफासँगै यसको सेयर ‘प्रि मार्केट ट्रेड’ मा १२ प्रतिशतले बढेको छ । यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व जम्मा गरी सात अर्ब ५८ करोड अमेरिकी डलर उठाउन सफल भएको छ ।

ट्वीटरका औषत सक्रिय प्रयोगकर्ताको सङ्ख्या पहिलो त्रैमासिकमा ३३ करोड ५० लाखबाट घटेर पछिल्ला तीन महिनामा औषत ३२ करोड ६० लाख बनेको बताइएको छ । नक्कली र अनाधिकारिक सदस्यहरूमाथिको छानविन तथा कार्बाहीको प्रयासले प्रयोगकर्ताको संख्या घटेको बताइएको छ । यूरोपेली यूनियनमा हालै लागू गरिएको गोपनीयतासम्बन्धि कानूनका कारण पनि सदस्य सङ्ख्यामा प्रभाव परेको ट्वीटर कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]