fbpx

इन्टनरनेट बैंकिङ के हो ? केके हुन्छ सुविधा ? कसरी गर्ने प्रयोग ?

October 16, 2018

बैंकिङ खबर । इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिस लगायतका सेवा इन्टरनेट बैंकिङबाट पाइन्छ । पछिल्लो समय इन्टरनेट बैंकिङको प्रयोगबाट सीआस्वामार्फत घरमै बसीबसी सेयरमा आवेदन दिने सुविधा पनि थपिएको छ । 

इन्टरनेट बैंकिङको खाता खुलेको कसरी थाहा पाउने ?
खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त हुन्छ ।

खाता खोली सकेपछि जान्नुपर्ने कुरा के के हुन् ?
इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर ईबैंकको लगिन पेजमा जाने
इमेल मार्फत प्राप्त गरेको युजर नेम र पासवर्ड त्यहाँको फिल्डमा इमेलबाट कपी पेष्ट गरी ओके गर्ने ।
पहिलो पटक पासवर्ड दिँदा ईबैंकको Application ले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा उक्त पासवर्ड नेपाल बैंकको पासवर्ड पोलिसि अनुसार हुनु पर्दछ ।
पाँच पटक सम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । यस्तो अवस्थामा फेरी लगिन गर्न सकिदैन । त्यसकारण युजरले आफ्नो शाखा मार्फत खाता अनलकु को अनुरोध पठाउनु पर्दछ

इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्दा के के कुरामा सावधान हुनुपर्छ ?
आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।
सम्भव भए सम्म निजी कम्प्युटरबाट मात्र ईबैंक सेवा उपभोग गर्ने ।
साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने सम्भावना बढी भएकोले सावधानी अपनाउने ।
आफ्नो कार्य सकिएपछि लक आउट गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.