fbpx

भार्गव विकास बैंकले सुरु गर्यो मोबाईल बैकिङ्ग

October 14, 2018

बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडले मोबाइल बैंकिङको सुरुवात गरेको छ । आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेपश्चात आइतबार बैंकले भार्गव मोबाईल बैंकिङ्ग सेवाको विधिवत रुपमा सुरुवात गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले भार्गव मोबाइल बैंकिङको उद्घाटन गरे । 

यो सेवा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । यसमा मौज्दात सोधपुछ, कारोबारको सूचना, मिनि स्टेटमेण्ट, रकमान्तरण सुविधा, रिचार्ज कार्ड टपअप, बिल भुक्तानी, मर्चेण्ट पेमेण्ट, ई–सेवा सुविधा उपलब्ध रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.