October 1st, 2018

कैलाश विकास बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा कैलाश विकास बैंक पनि आवद्ध भएको छ । बैंकले सोमबारबाटै उक्त कारोबार सुरु गरेको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार एक लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्नेछन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । 

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् । अब ग्राहकहरुले www.rajaswa.fcgo.gov.np, www.revenue.fco.gov.np, अथवा www.ird.gov.np मा गई नेपाल सरकारको राजस्व भुक्तानी गर्न सक्छन् । यसका साथै उक्त प्रणाली मार्फत छिटै अन्य सेवाहरु समेत थप गर्न काम भइरहेको जानकारी कम्पनीले गराएको छ ।

कनेक्ट आईपिएस ईपेन्ट प्रणालीमा हालसम्म ४० बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म ३१ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]