सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ । यस प्रविधी अन्तर्गत कम्प्युटर, मोवाइल वा ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसि आफ्नो कर्जा सिमा थाहा पाउन सकिन्छ साथै कर्जा आवेदन पनि दिन सकिनेछ । यस प्रविधिको प्रयोग गरि कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शूल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे छ ।
सानिमा बैंकले ग्राहकको सुविधाका लागि नयाँ प्रविधीको प्रयोग गर्दै आएको छ । चेक जम्मा गर्ने KIOSK, Mobile Money transfer, Secure EMV Chip Cardजस्ता प्रविधी बैंकले पहिले नै ल्याइसकेको छ । साथै यो प्रविधी मार्फत ग्राहकले कर्जा सिमा थाहा पाउने र कर्जा आवेदन दिने हुँदा कर्जा प्रकृया अझ सजिलो हुनेछ ।
यो सेवाप्रयोग गर्न बैंकको वेबसाइट www.sanimabank.com मा लगईन गर्नुपर्ने हुन्छ ।
सानिमा बैंकको हाल७४ शखा, १ एक्सटेन्सन काउन्टर र ६९ ए.टि.एम. रहेको छ ।