July 16th, 2018

कामना सेवा विकास बैंकमा ६ संचालक निर्वाचित, अध्यक्षमा सुदिप आचार्य

कामना सेवा विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा सोमबार (असार ३२ गते) काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७३।७४ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापूंजी रु २ अर्व ५० करोड २६ लाख ५५ हजार ५ सय १९ पुगेको छ । 

सो साधारणसभाले ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ । जसमा सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहनु भएको छ । साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले सुदिप आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । 

बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा सेयरधनीहरुले बैंकको लाभाशंदर बृद्घि हुनुपर्ने, कारोबार विस्तार गर्दै काठमाडौं उपत्यकाभित्र शाखा संजाल बृद्घी गर्नुपर्ने, खराब कर्जा कम गर्दै सेयरधनीहरुलाई उचित मुनाफा वितरण गर्नुपर्ने लगायतको धारणा राखेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]