Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पाँच दिने बैंकिङ तालीम सम्पन्न, ३२ विद्यार्थी लाभान्वित

२०७५ असार २१ गते

बैंकिङ खबर । मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको पाँच दिने बैंकिङ ट्रेनिङ विहीबार सम्पन्न भएको छ । मिडिया इन्टरनेशनलले बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्टिच्युटसँगको सहकार्यमा संचालन गरेको तालिमको समापन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले तालिमको माध्यमबाट वित्तीय चेतना फैलाएर मिडिया इन्टरनेशनलले सराहनीय कार्य गरेको बताए । ठाउँठाउँमा वित्तीय जागरण : राष्ट्रिय अभियानमार्फत मिडिया इन्टरनेशनलले गरेको चेतना अभिवृद्धिको प्रशंसा गरे । साथमा आगामी दिनमा पनि मिडिया इन्टरनेशनलले वित्तीय चेतना जगाउने खालका कार्यक्रम तथा तालिम हरुलाई निरन्तरता दिने अपेक्षा उनले व्यक्त गरे ।

कार्यक्रममा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिन बहादुर बोहोराले पनि मिडिया इन्टरनेशनललको वित्तीय चेतना अभिवृद्धिको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनको सफलताको लागि शुभकामना व्यक्त गरे । साथमा तालिम लिएका विद्यार्थीहरुलाई पनि शुभकामना दिए ।
'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक अध्यक्ष माधव निर्दोषले पाँच दिने तालिममा सिकेको ज्ञानलाई विद्यार्थीहरुले व्यवहारमा उतार्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताए । यस्तो तालिममा व्यवस्थापन संकायमा स्नातक गरेका वा गरिरहेका विद्यार्थीहरुको बढी आकर्षण पाइएको उनले बताए । 

गत असार १७ गतेदेखि सुरु भएको तालिममा ३२ जना विद्यार्थीले भाग लिएका थिए । पाँच दिनको अवधिमा प्रभु बैंक अन्तर्गत एडिसी सेल्स डिपार्टका प्रमुख टंक निरौला, 'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोष, गरिमा विकास बैंकको  रिस्क एण्ड कम्प्लायन्स प्रमुख लक्ष्मण नेपाल र गरिमा विकास बैंकका मार्केटिङ हेड भक्तबहादुर केसीले प्रशिक्षण दिएका थिए । तालिममा बैंकिङ कार्ड तथा सफ्टवेरहरु, वित्तीय साक्षरता, बैंकिङ जोखिम, बैंकिङ बजार लगायतका विषयमा जानकारी गराइएको थियो । 

Ad