June 22nd, 2018

एनआईसी एशिया बैंकको “VISA International USD Credit Card” संचालनमा, ईपेमेन्ट निःशूल्क

“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंक, एनआईसी एशिया बैंकले “VISA International USD Credit Card”संञ्चालनमा ल्याएको छ  ।  ग्राहकवर्गहरु माझ ईकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले “VISA International USD Credit Card” को शुरुवात गरेको हो ।

नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने  यस कार्डको प्रमुख विशेषताहरु निम्नानुसार रहेका छन् :

  • अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा
  • निःशुल्क ईकमर्श(अनलाइन पेमेन्ट) को सुविधा
  • कर्जा सिमितको ५०% सम्म नगद झिक्न सकिने
  • १०% वा शत प्रतिशत भुक्तानीको व्यवस्था
  • अधिकतम ४५ दिन सम्म “VISA International USD Credit Card”उपभोग गर्न सकिने

“VISA International USD Credit Card”को प्रयोगबाट बढी भन्दा बढी ग्राहकहरुले उच्चतम लाभ उठाउने विश्वास बैंकले लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]