Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काभ्रेको भकुण्डेबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

२०७५ असार ३ गते

काभ्रेपचान्चोक जिल्लाको नमोबुद्ध न.पा. वडा नं. ७ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय भकुण्डेबेंसीको एक समारोहका बीच समुद्घाटन सम्पन्न भएको छ । उक्त शाखाको अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले एक समारोहका बीच समुद्घाटन गरे ।

सो समारोहमा प्रमुख अतिथि डा. खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बैंक संचालक समितिका सदस्य अर्जुनबहादुर कार्की, नमोबुद्ध नगरपालिकाका अध्यक्ष टीपी शर्मा, स्थानीय समाजसेवी बासुनारायण श्रेष्ठ, कृष्ण खनाल, भैरब खनाल एवं अन्य उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  

शाखाको समुदघाटन गर्नुपूर्व बैंकले भकुण्डेबेंसी बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्याक्रमको आयोजना गरेको थियो ।  

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

Ad