Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको शाखा बुटवलको कालिकानगरमा

२०७५ जेष्ठ २८ गते

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि.ले बुटवल उप—महानगरपालिका वडा नं. ११ कालिकानगरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको यो १७औं शाखा हो । बैंकका अध्यक्ष पशुपति घिमिरेले रिबन काटी शाखाको समुद्घाटन गरे ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु यूव राज के.सी., हिरामणि अर्याल, डा.खिमानन्द पाण्डे, शालिक राम वेल्वासे र विपिन पौडेल एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल र नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो । 

Ad