सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको बैंक ले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरे । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख पैतिस हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।