June 5th, 2018

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा ‘राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता’ सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा मूख्य प्रायोजित चौथो राष्ट्रिय RBB-NVA WOMEN'S CLUB LEAGUE VOLLEYBALL प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट शुभारम्भ भएको छ । खेलको उद्घाटन प्रतिनीधि सभाका सांसद जीवनराम श्रेष्ठले गरे । । सो कार्यक्रम नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडी बढ्ने बताए ।

जेठ २१ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा तीन वटा विभागीय सहित छ टिमले भाग लिने छन् ।  नेपाल सरकारद्धारा मिति २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल भएको घोषणा गरिसकेको छ । प्रत्येक वर्ष १० लाख रुपैंया प्रदान गर्ने गरि दुई वर्षको लागि राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच राष्ट्रिय लिग प्रतियोगिताको नामको अगाडी आरबीबी–एनबीए नाम राख्नु पर्ने सम्झौता भएको थियो ।

चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार तथा चौथो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धक कबिराज अधिकारी, विभागीय प्रमुख नरेशराज अर्याल, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]