June 1st, 2018

सानिमा बैंकले एकैसाथ उद्घाटन गर्यो चार शाखा 

सानिमा बैंक लिमिटेडले उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी ४ वटा शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका पूर्व संचालक डा. सुवर्ण दास श्रेष्ठ तथा ब्याण्ड प्रवद्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडि) द्वारा संयुक्त रुपमा भयो ।

समुद्घाटन् समारोहमा बैंकका पूर्व संचालक श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । उनीहरुले यी शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले बैंक संचालनमा आएकोमा सम्पुर्ण सेवाग्राहीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे । 

स्थानीय नगरपालिका प्रमुख तथा उद्योग वाणिज्य संघका प्रमुखहरुले सानिमा बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]