May 23rd, 2018

गण्डकी विकास बैंकको हेटौडा र तानसेन शाखाको औपचारिक उद्घाटन

गण्डकी विकास बैंकको मकवानपुरको हेटौँडा र पाल्पाको तानसेन शाखाको औपचारिक उद्घाटन भएको छ । हेटौँडा शाखाको उद्घाटन प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले एक समारोहका विच गर्नुभयोे । सो अवसरमा पौडेलले वित्तीय पहुँच विस्तारको लागि बैंकहरु स्थानियस्तरसम्म जानुपर्ने बताए । उनले बैंकहरुलाई नाफामुखी भन्दा सेवामुखी हुन आग्रह गरे । गण्डकी विकास बैंकले सदैव उत्कृष्ट कार्य गरी बेष्ट मेनेज्ड डेभलपमेन्ट बैंक अवार्डबाट पुरस्कृत भएकोमा बधाई दिँदै उनले बैंकको निरन्तर सफलताको लागि शुभकामना दिए ।

विशेष अतिथिको मन्तव्य राख्दै हेटौँडा उपमहानगरपालिका प्रमुख हरीवोल महतले पनि बैंकको सफलताको शुभकामना दिए । कार्यक्रममा स् बैंकका संचालक ज्ञानेश्वर पराजुलीले बैंकले प्रदान गर्ने सेवा सुविधा, बंैकका गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराए । साविक गण्डकी विकास बैंक लिमिटेडका पूर्व अध्यक्ष पदम प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए ।

त्यस्तै, तानसेन शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक शाहीले गरे । सो अवसरमा मेयर शाहीले अहिलेको आवश्यकता आर्थिक समृद्धि भएको र सो हासिल गर्न बैंकहरुको महत्वपूर्ण योगदान हुने भएकोले सहकार्य गरी अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पनि गण्डकी विकास वैकको उत्तरोत्तर प्रगतीको कामना गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्राहकहरुको अगाध माया र विश्वासले बैंक आज उत्कृष्ट विकास बैंकको रुपमा रहेको र गाहकलाई प्रदान गर्ने बैंकिङ्ग सेवा पनि सदैव उत्कृष्ट हुने प्रतिवद्घता व्यक्त गरे । उनले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधि र भावी कार्यक्रमबारे पनि जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडका संचालक बासुदेव त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन वुटवल रिजनका क्षेत्रीय प्रमुख मिलन कुमार पुनले गरेका थिए ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका  साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]