Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्धारा अनाथ असहाय बाल सुधार संघलाई सहयोग

२०७५ जेष्ठ ८ गते

हिमालयन बैंक लिमिटेडले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई रु. ७५,००० मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो । 

बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्नका लागि उपयोगी हुने छन् । एक कार्यक्रमका बिचमा बैंकका महाप्रबन्धकसुशिल जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति उक्त खाटहरु बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गरे ।