Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

श्री हसंवाहिनी आधारभुत विद्यालयलाई कृषि विकास बैंकको सहयोग 

२०७५ बैशाख २६ गते

कृषि विकास बैंक लिमिटेडले आठरांई–६ तेह्रथुम अवस्थित श्री हसंवाहिनी आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि कम्प्यूटर, प्रिन्टर र सोलर प्यानाल उपलब्ध गराएको छ । बुधबार (वैशाख २६ गते) कृषि विकास बैंक लि. उप–शाखा कार्यालय चुहानडाँडाद्धारा आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सहयोग हस्तान्तरण गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सिटौलाले नाफाका लागि मात्र नभएर कृषि विकास बैंकले लोक कल्याणकारी कार्यलाई पनि महत्व दिएर आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए । भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने उनले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रमका विशेष अतिथी एवम् कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालयका निर्देशक चुडामणी तिम्सेनाले बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमलाई उच्च प्रथामिकता दिँदै आएको जानकारी दिए । बैंकले उपलव्ध गराउँदै आएका नयाँ आधुनीक बैंकिङ्ग सुविधाका सम्बन्धमा समेत उनले प्रकाश पारे ।

उक्त कार्यक्रममा स्थानीयहरुको पनि बाक्लो उपस्थिती थियो । सो अवसरमा कृषि विकास बैंक लि. मुख्य कार्यालयका शाखा अधिकृत राजेन्द्र पराजुली लगायत क्षेत्रिय कार्यालय विराटनगरका कर्मचारीहरुको समेतको सहभागिता रहेको थियो ।