Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्थापनाको १२औँ वर्षमा सिटिजन्स बैंक, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव     

२०७५ बैशाख ७ गते

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नाराका सिाथमा २०६४ बैशाख ७ गते देखि २०औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो ११औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । शुक्रबार (वैशाख ७ गते) बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माको सभापतित्वमा बैंकको मुख्य कार्यालय भवनमा पत्रकार सम्मेलन गर्दै बैंकले उक्त जानकारी दिएको हो ।

बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पुर्याएका संचालकहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको बैंकले जनाएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत ९० लाख आर्थिक सहयोग
११औँ वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई बाल विकास समाज कपनद्धारा एक लाख ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत स्नो याक फाउन्डेसनलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, म्युजीक कम्पोजर एसोसीएसन नेपाललाई बैंकले सहयोग स्वरुप एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ । 

वार्षिकोत्सवकै अवसर पारेर बैंकले एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था SAATH लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ र लाइफ होम किर्तिपूरलाई दुई लाख रुपैयाँ आर्थिक  सहयोग गरेको छ । यसबाहेक मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई दुई लाख रुपैयाँ, त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्र भिमढुंगालाई ५०  हजार रुपैयाँ, न्यूरो सेवा दिई रहेको दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिलाई पाँच थान फ्रीज, किल्नीक वानलाई एक लाख रुपैयाँ, कईश्वरको तेजशक्तिद्घारा ज्योरेईपद्घति मार्फत मानिसहरुको उपचार र उद्घार गरिरहेको अभय उपचार केन्द्रलाई दुई लाख रुपैयाँ, श्री कमल निम्न माध्यमिक विद्यालय कमलपोखरीलाई दुई लाख ५० हजार रुपैयाँ, कुलेश्वर माध्यमिक विद्यालय कुलेश्वरलाई फर्निचर किन्नका निम्ति एक लाख ५० हजार रुपैयाँ राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना लगायतमा गरी आर्थिक वर्ष २०७४।७५ को चैत्र मसान्तसम्ममा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ  । 

अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता बैंकका अध्यक्ष शर्माले व्यक्त गरे ।

बैंकिङ जनचेतनाका लागि प्रभातफेरी
बैंकले आफ्नो वार्षिकोत्सव पारेर शुक्रबार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक ( नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिन धारा – दरबारमार्ग —नारायणस्थान हुँदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । यस कार्यक्रममा सङ्गीतकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

विभिन्न स्थानमा रक्तदान, आँखादान एवम् मृगौलादान कार्यक्रम
यसै अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखाहरुमा रक्तदान  कार्यक्रम पनि संचालन गरेको छ । बैंकले उपत्यकाभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त सामाखुशी शाखा, बौद्ध शाखा, ठिमी शाखा, कीर्तिपुर शाखा र उपत्यका बाहिरका बिरगंज, बिराटनगर, नेपालगंज, महेन्द्रनगर र सिमलचौर पोखरामा गरी कुल दश स्थानबाट रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो । बैंकले तिलगंगा आँखा अस्पतालको सहकार्यमा आखा दान एवम् मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहकार्यमा मिर्गौला दान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

खेलकुदको प्रवद्र्धनका लागि टुर्नामेन्ट                         
खेलकुद जगतमा टेवा पुर्याउने उद्देश्यले निकट भविष्यमा बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने सिटिजन्स गल्फ टुर्नामेन्ट तथा छैटौँ सिटिजन्स लन टेनिस टुर्नामेन्ट आयोजना लगर्न लागेको छ । बैंकले मिति २०७४ चैत्र महिनाको २४ गते देखि २५ गतेसम्म  चाँैथो संस्करणको सिटिजन्स अन्तरबैंक फुटसल टुर्नामेन्ट २०१८ आयोजना गरेको थियो, जसमा १६ वटा वाणिज्य बैंक सहभागी भएका थिए । 

वित्तीय विवरण
कारोबार शुरु गरेको ११ वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख ३५ हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पुर्याउँदै आईरहेको सिटिजन्स बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमास सम्ममा रु.६० अर्व २५ करोड रुपैयाँ निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । सोहि अवधि भित्र बैंकले  रु.१ अर्व १७ करोड ७४लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ , जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमशः ३२.७२  प्रतिशत र १४ं.३९ प्रतिशतले बढी हो ।