March 29th, 2018

सनराइज बैंकले सुरु गर्यो भाईबर बैंकिङ सेवा    

सनराइज बैंक लिमिटेडले भाइबर बैंकिङ सेवाको सुरुवात गरेको छ । स्थापनाकाल देखिनै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ प्रविधिहरु भित्रिरहेको क्रममा आफ्ना ग्राहक हरुको सुबिधालाई ध्यानमा राख्दै भाईबर बैंकिङ्ग सेवा सुरु गरेको हो ।

भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको वारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहक महानुभावहरुको मोबाइल नम्बर यस बैंकको  स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.म मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]