March 23rd, 2018

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा चन्द्रौटामा 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलबस्तु जिल्लाको चन्द्रौटामा शिवराज नगरपालिकाको उपमेयर शिव कुमारी थारुले समुद्घाटन गरेका छन् । यशोधन पाण्डेद्धारा सञ्चालन गरिएको शाखा उद्घाटन समारोहको अध्यक्षता बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समुद्घाटन कार्यक्रममा बैकले ५ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्रसहित सम्मान समेत गरेको जानकारी दिएको छ । साथमा राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रबृत्ती पनि प्रदान गरेको छ । 

चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्व ५२ करोड निक्षेप परिचालन गरि ११ अर्व २२ करोड कर्जा लगानी गरेको छ  । शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दे जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटामा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ भने भबिष्यमा अन्य शाखा कार्यालयहरुवाट समेत उक्त सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]