March 18th, 2018

एनआईसी एशिया बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

वित्तीय साक्षरताका लागि घर दैलो अभियान संचालन गर्दै आईरहेको एनआईसी एशिया बैंक नयाँपुल शाखाले  पर्वत जिल्लाको मोदी २ गिजान क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रालि तथा स्थानिय अनमोल युवा कलव संगको सहकार्यमा उक्त शिवीर सम्पन्न गरिएको हो । 

शिविरमा गिजान क्षेत्रका २५३ जना महिला, पुरुष तथा वालवालिकाको निःशुल्क परिक्षण तथा औषधि वितरण सम्पन्न गरिएको एनआईसि एसीया नयापुल  शाखाका निमित्त शाखा प्रवन्धक टंकनाथ लामिछानेले वताए ।

शिविरमा डा.हेमा छन्त्याल, डा पाशाङ्ग छिरिङ्गलामा डेन्टीस महेश राज क्षेत्री तथा ल्याव  टेक्नीसीयन चोकी थापा मगर अन्य प्राविधिहरुको सहभागिता रहेको थियो । 

उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखिएको डा छन्त्यालले बताए । ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्यको  पहुच पु्याउनका लागि कुश्मा अस्पताले प्रविधिक सहयोग गरेको अस्पतालका मेनेजिङ्ग डाइरेक्टर तेजेन्द्र अधिकारीले बताए । 

बैंकप्रति स्थानयीवासीले  आभार प्रकट गरेका थिए । अनमोल युवा कलवका अध्यक्ष अन्तीम नेपालि स्थानिय हरी प्रसाद शर्मा लगायतले अस्पतालसम्म पुग्न नसकेका नागरिकलाई घर दैलोमै सेवा दिन पहल गर्नु निकै सकरात्मक रहेको बताए । 

सोहि अवसरमा बैंकका कर्मचारीले वित्तीय जानाकारी समेत लिए । नाफा कमाउने मात्र नभएर सामाजिक उत्तरदायित्व पनि वहन गर्ने कुरामा आफूहरु सधै तत्पर रहेको बैंकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्माले बताए । 

बैंकले मुलुकभर १८५ शाखा,  १८३ एटिएम संजाल, ४ एक्सटेन्सन काउन्टर, ३ शाखा रहित बैंकिङ्ग तथा पाँच हजारभन्दा बढि रेमिटा्यन्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]