March 16th, 2018

लक्ष्मण रिसालको राजीनामा स्वीकृत, रोशन न्यौपाने बने एनआईसी एशिया बैंकको कामु सीईओ 

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदवाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत हुन् । 

साथै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर १० लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।  न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ ।

बैंकका नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बैंकका ग्राहकहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी उनीहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिवद्ध रहन सबै ग्राहक महानुभाव, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवम् अप्रत्यक्ष तवरबाट जोडिनु भएका सबै बर्गमा अनुरोध गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]