एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी गा.पा. वडा नं. ०६, भिमफेदी बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार (फाल्गुण २५ गते) एक समारोहका बिच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले उक्त शाखाको विधिवत् समुद्घाटन गरे ।
भिमफेदी शाखाको समुद्घाटनसँगै एनआईसी एशिया बैंकको शाखा मुलुकभर १८१ वटा पुगेको छ । यसबाहेक, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित बैंकले बैंकिङ सेवा दिँदै आएको छ । राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा स्थापित बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।