Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त

२०७४ फाल्गुन १५ गते

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैङ्क सञ्चालक समितिको हालै सम्पन्न बैठकले ४ वर्षका लागि उनलाई सीईओ नियुक्त गरेको हो । 

२० बर्ष देखि बैंकिङ क्षेत्रमा संलग्न रहेका रिजाल यसअघि सिभिल बैङ्कको क्रेडिट एड्मिनिष्ट्रेशन विभाग (सीएडी)को प्रमुख थिए । काठमाडौंको जैसीदेवलमा आमा बिना रिजाल र बुबा बटुराम रिजालबाट जन्मिएका रिजालल भारतको पुने युनिभर्सिटीबाट एमबिए गरेका छन् । रिजालको बैंकिङ करिअरको सुरुवात सेप्टेम्बर १९९७ मा नेपाल बङ्गलादेश बैंकबाट भएको थियो ।