Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

२०७४ फाल्गुन ७ गते

एनआईसी एशिया बैंक लिमिटेडको देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको विधिवत् उद्घाटन सम्पन्न भएको छ । आइतबार एक समारोहका बिच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उक्त शाखाको उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनी शाखाको समुद्घाटनसँगै एनआईसी एशिया बैंकको शाखा संख्या १७९ पुगेको छ । यसबाहेक, १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Ad